Montag, 6. Mai 2013
बिषय ः प्रेश विज्ञप्ती
अखिल -क्रान्तिकारी) शंकरदेव
क्याम्पसको आयोजनामा आज दिउसो करिब २ बजे
बिबिएस प्रथम बर्षको चियापान
तथा परिचयात्मक कार्यक्रम चलिरहदा शुभराम
बस्नेतको निर्देशनमा नेबिसंघका गुण्डाहरुको एक
जत्थाले उक्त कार्यक्रम बिथोल्न प्रयत्न
गरी अखिल -क्रान्तिकारी)की केन्द्रीय सचिवालय
सदस्य राजेश्वरी सुवेदी तथा संगठनका इकाई सदस्य
नित्यराज दाहाल लगायत माथी सांघातिक
हमला गरी घाईते बनाएको घटनाले
नेबिसंघको आततायी चरित्र र
गुण्डागर्दी शैलीको पुनः एकपटक पर्दाफास भएको छ ।
गम्भिर घाईते सुवेदीको पहिले क्यापिटल हस्पीटल
र पछि काठमाडौं मोडल हस्पिटलमा उपचार
भइरहेको छ ।
ईटको जवाफ पत्थरले दिन अखिल-क्रान्तिका
री)लाई राम्रोसंग आउछ । सुतेको बाघलाई जिस्काउने
जुन दुस्साहस नेबिसंघले गरेको छ त्यसको मूल्य त
उसले चुकाउनु पर्छ नै, बर्षैदेखी शंकरदेव क्याम्पसलाई
गुण्डागर्दीको अखडामा परिणत गरी शैक्षिक
बातावरणमाथी धावा बोलिरहेको नेबिसंघको यस्तो ह
प्रतिरोध गर्न पनि अखिल -क्रान्तिकारी) तयार
रहेको जनाउ दिन चाहन्छौं । आफ्ना कार्यकर्ताहरुको
यस्तो अपराधिक गतिबिधीहरुलाई नियन्त्रण
नगर्ने हो भने क्रान्तिकारीले नै त्यसलाई नियन्त्रण
गर्न बाध्य हुने पनि नेबिसंघको केन्द्रलाई
जानकारी गराउछौं ।
अन्त्यमा घाईतेको उपचार गर्न र आक्रमणकारीलाई
तुरुन्त गिरफ्तार गरी कार्वाही गर्न सरकार संग माग
गर्दछौं ।
हिमाल शर्मा २०७०, बैशाख २३
अध्यक्ष
Abonnieren
Kommentare zum Post (Atom)
Keine Kommentare:
Kommentar veröffentlichen